सरकारी विद्यालयका विद्यार्थीहरूमा अभ्यासको कमी, घोकन्ते र परीक्षामुखी प्रवृत्ति भएकाले पनि उत्तीर्ण प्रतिशत बढ्न नसकेको हो । उनीहरू परीक्षाका बेलाबाहेक मेहनत गर्दैनन् ।
एसएलसी परीक्षामा उत्तीर्ण प्रतिशत नबढ्नुमा कुनै एउटा कारण नभै थुप्रै कारण छन् । नेपालमा बढी संख्यामा विद्यार्थी अनुत्तीर्ण हुनुमा पाठयक्रम, पाठयपुस्तक एवं परीक्षा प्रणाली प्रमुख रूपमा दोषी पाइन्छ । एकथरि, शिक्षाविद्का अनुसार पाठ्यपुस्तकमा रहेका कमी-कमजोरीले यस्तो स्थिति सिर्जना भएको छ भने अर्काथरी शिक्षाविद्को ठम्याइचाहिँ परीक्षामा सोधिने प्रश्नावलीका कारण यस्तो समस्या भोग्नुपरेको हो । एक विशेषज्ञका अनुसार एसएलसीमा सोधिने प्रश्न धेरै भएकाले समय अभावका कारण सबै प्रश्न हल गर्न नपाउँदा धेरै विद्यार्थी अनुत्तीर्ण हुन्छन् । अहिले एलएलसी तहको पाठयपुस्तकमा विषय बढी भएको, क्षेत्र एवं क्रम नमिलेको, अभ्यास कम भएको जस्ता त्रुटि पाइन्छन् ।
एसएलसी परीक्षाको उत्तर पुस्तिका ठीकसँग परीक्षण नहुनाले पनि अनुत्तीर्ण प्रतिशत बढेको हो । एक शिक्षकले एक सयभन्दा बढी उत्तरपुस्तिका जाँच्न नपाइने नियम भए पनि उक्त नियम व्यवहारमा लागू हुनसकेको छैन । शिक्षकले जति बढी उत्तरपुस्तिका जाँच गर्यो उति धेरै फाइदा हुने हुँदा हतारमा परीक्षण गर्ने भएकाले पनि यस्तो अवस्था सिर्जना भएको हुनसक्छ । प्रत्येक वर्षको अनुत्तीर्ण प्रतिशत देखेर पनि परीक्षार्थीहरूले निराश भएर आफ्नो पढाइ र परीक्षामा राम्रो प्रदर्शन गर्न सकिरहेका हुँदैनन् ।
सरकारी विद्यालयका विद्यार्थीहरूमा अभ्यासको कमी, घोकन्ते र परीक्षामुखी प्रवृत्ति भएकाले पनि उत्तीर्ण प्रतिशत बढ्न नसकेको हो । उनीहरू परीक्षाका बेलाबाहेक मेहनत गर्दैनन् । अहिलेका छात्रछात्रामा कोचिङ वा ट्युसन गए पास भइन्छ भन्ने प्रवृत्ति देखा परेको छ । शिक्षकले पनि विद्यार्थीलाई मिहिनेत गराएको देखिँदैन । शिक्षक विद्यार्थीप्रति उत्तरदायी हुनुपर्छ । सहयोगी सामग्रीहरू अध्ययन नगरेकाले पनि एसएलसीमा धेरै विद्यार्थी अनुत्तीर्ण भैरहेका हुन्छन् । उनीहरूलाई परीक्षाका बारेमा अभ्यास गराउन बराबर परीक्षा लिइरहनुपर्छ । अभ्यासको अभावले धेरैले एसएलसीमा राम्रो प्रदर्शन गर्न सक्दैनन् । अहिले सरकारी विद्यालयहरूमा तालिम योग्य एवं विषयगत शिक्षकहरूको अभावका कारण पनि परीक्षामा बढी विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन् । कमजोर विद्यार्थीलाई कक्षा चढाउने चलनका कारण पनि एसएलसीको स्तर बढ्न नसकेको हो ।
विद्यार्थीहरूको उमेर र स्तर विद्यालय र अभिभावकहरूमा समयमै विद्यार्थीहरूको शैक्षिक सुधारप्रति विशेष चनाखो रहने प्रवृत्तिमा कमी, विद्यार्थीहरूको ज्ञान, सीप र अवधारणामा परिस्कार ल्याउने व्यावहारिक शिक्षाभन्दा सैद्धान्तिक शिक्षाप्रति बढी जोड, अघिपछि पनि पढ्ने कार्यमा उचित ध्यान नदिई परीक्षा नजिकिएपछि मात्र पढ्न तत्पर हुने अधिकांश विद्यार्थीको आनीवानी आदिले पनि एसएलसी परीक्षाको परिणाम कमजोर देखापर्ने गरेको छ । यस्तो हुनुमा मूलरूपमा शैक्षिक व्यवस्थापन, गलत शिक्षा नीति एवं असमान शैक्षिक वातावरण पनि केही हदसम्म जिम्मेवार छ ।
यर्थात् जे भए पनि प्रत्येक परीक्षार्थीले आफ्नो सफल जीवनका लागि आत्मसंयमी भै परीक्षामा सम्मिलित हुनुको विकल्प हुँदैन । आफ्नो भविष्य निर्माण केही हदसम्म आफैमा नीहित हुने यथार्थलाई परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले बिर्सनु हुँदैन । जीवनका कुनै पनि क्षणमा हतोत्साहित नभै अध्ययनप्रतिको आफ्नो कर्तव्यमा लीन हुनसके निश्चित रूपमा सफलता हासिल गर्न सकिन्छ । परीक्षा हुनुअघि नै समयको सदुपयोग गरी हरेक विषयमा होसियार भएर आफूले पढेका सबै कुरा पटक-पटक पढ्ने, अध्ययनका क्रममा सबै विषयलाई समान महत्त्व दिने, नबुझेको कुरा बुझ्न प्रयत्न गरे सफलता प्राप्त गर्न सकिन्छ ।
Source:http://www.ekantipur.com/saptahik/article/?id=4513 Friday/10/June/2011

No comments:
Post a Comment