Saturday, July 23, 2011

Sleep 5 Ways to Sleep Well and Lose Weight

Eating the right foods—and avoiding the wrong ones—will make it easier for you to fall asleep and stay asleep. And getting more shut-eye means losing more weight

Eat Right to Sleep Tight
The idea that diet could play a key role in getting good sleep—or not sleeping at all—has been largely ignored by health care professionals. Perhaps the diet-sleep equation was overlooked because most studies on foods' impacts on the body and mind are relatively new. Today, we are leaning more about the mechanisms of sleep, what sleep does for the body and mind, and how we can influence sleep with external factors such as food.

Since sleep has been shown to help you lose weight, the food-sleep connection is even more important if you're trying to lose some pesky pounds. Here, five eating tips that'll help you get more shut-eye and lower the number on the scale.

source:http://fitbie.msn.com

Friday, July 22, 2011

नेपाल १ सय ४२ औं

काठमाडौ, कार्तिक २१ - नेपाल सूचना प्रविधिको विकास परिसूचकमा १ सय ४२ औं स्थानमा परेको छ । विकास परिसूचकमा नेपालभन्दा पछाडि ८ वटा मुलुक मात्र छन् ।
अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु) ले हालै प्रकाशित गरेको सन् २०१० को प्रतिवेदनले यस्तो देखाएको हो । आइटियु संयुक्त राष्ट्रसंघ अन्तर्गतको नियोग हो ।
यसले सूचना तथा प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा नियमन गर्छ । नेपालको दूरसञ्चार क्षेत्रले पनि यसको नियमलाई अनुसरण गर्छ ।
प्रतिवेदनमा नेपालमा भएको सूचना प्रविधिको विकास दक्षिण एसियाली मुलुकमा सबैभन्दा कम हो । युनियनले तयार पारेको सन् २००८ सम्मको प्रतिवेदनमा १ सय ५० वटा देशको अध्ययन गरिएको छ ।
प्रतिवेदनअनुसार नेपाल सन् २००७ को तुलनामा एक स्थान तल झरेको हो । दक्षिण एसियाली मुलुकमा मल्दिभ्स सबैभन्दा अगाडि रहेको छ । २००७ मा ७२ स्थानमा रहेको माल्दिभ्स चार स्थान माथि चढेको छ ।
दोस्रो स्थानमा रहेको श्रीलंका १ सय ५ औ स्थानमा छ । अघिल्लो वर्ष यो १ सय ४ स्थानमा थियो । पछिल्लो समयमा सूचना प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको भारत १ सय १६ स्थानबाट तल झरेर १ सय १७ औं स्थानमा पुगेको छ । भुटान भने एक स्थानमा माथि चढेर १ सय २३ औं स्थानमा आएको छ ।
पकिस्तान पनि एक स्थान तल झरेर सूचना प्रविधिको विकासका हिसाबमा १ सय २८ औ मुलुकमा आएको छ । बंगलादेशले १ सय ३७ औ स्थानमा छ । अघिल्लो वर्ष पनि बंगलादेश उही स्थानमा थियो ।
आइटियुको प्रतिवेदनमा सूचना तथा प्रविधिको विकास परिसूचकमा सबैभन्दा अघिल्लो स्थानमा स्विडेन आएको छ । स्विडेन सन् २००७ मा पनि पहिलो स्थानमा रहेको थियो । दोस्रो स्थानमा आएको लग्जेम्बर अघिल्लो वर्षभन्दा चार स्थानमा माथि आएको हो ।
तेस्रो स्थानमा रहेको एसियाली मुलुक दक्षिण कोरियाले अघिल्लो वर्षभन्दा एक स्थान तल झरेको हो । तेस्रो स्थानमा डेनमार्क रहेको छ । यो अघिल्लो वर्षको भन्दा एक स्थान तल झरेको हो । पाचौं स्थानमा नेदरल्यान्ड रहेको छ ।
सूचीमा जापान ८ औं, बेलायत १० औं स्थान, चीन ११ औं, अस्ट्रेलिया १५ औं र अमेरिका १९ औं स्थानमा रहेका छन् ।
आइटियुले विश्वव्यापी आर्थिक संकटको अवस्थामा अर्थतन्त्र ओरालो लाग्दा पनि सूचना तथा प्रविधिको प्रयोग बढेको जनाएको
छ । 'यस अवधिमा विशेषगरी मोबाइल फोन र इन्टरनेटको विकास तीव्र गतिमा भयो,' प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा सन् २००९ सम्ममा ४ अर्ब ६० करोडमा मोबाइल फोन पुग्ने अनुमान छ । यो संख्या प्राप्तिपछि विश्वको कुल जनसंख्याको ६७ प्रतिशतले मोबाइल सेवा लिने उल्लेख छ ।
सन् २००८ सम्ममा विकासोन्मुख देशमा मोबाइल घनत्व ५० प्रतिशत पुगेको उसले जनाएको छ । विकसित देशमा भने सबै मोबाइल घनत्व १ सय पुगेको छ ।
प्रतिवेदनअनुसार विकासोन्मुख देशमा मोबाइल उपभोक्ताको वृद्धि २००५ को तुलनामा २००८ मा २३ प्रतिशतले बढेको छ । आइटियुले सन् २००९ सम्ममा विश्वका २६ प्रतिशत जनताको पहुचँ इन्टरनेटमा हुने उल्लेख छ ।
आइटियुले विश्वव्यापी रूपमा फ्रिक्वेन्सीको प्रयोग, स्याटलाइट सञ्चालनको प्रवर्द्धन, विकासोन्मुख देशमा दूरसञ्चारको पूर्वाधार सुधार र विश्वव्यापी मापदण्ड तयार गर्ने काममा सहयोग गर्छ ।
अगाडी रहेका दश मुलुक
स्विडेन
लग्जेम्बर
दक्षिण कोरिया
डेनमार्क
नेदरल्यान्ड
आइसल्यान्ड
स्विजरल्यान्ड
जापान
नर्वे
बेलायत
प्रकाशित मिति: २०६७ कार्तिक २१ ०८:५७

source:http://www.ekantipur.com/np

Wednesday, July 13, 2011

“२०११ को भानु जयन्ति”

पहेंलो रंग प्लास्टिकको मालामा
सम्झौतामा फसेको भानुलाई,
बधाई छ है जन्म जयन्तिको
बधाई छ,
आज जन्मिएको कविहरुलाई
र स्वगात छ,
घडीको दासत्वमा फसेका दिगजहरुलाई,
थर, जात, धनी-गरिबको
चक्रबिउमा फसेका नेपालीहरुलाई
भाषिक एकताको सुत्रमा बाध्ने भानुलाई,
आज,
नेपालीले जन्म जयन्तीमा मात्रै सम्झने गरेको छ,
झयार पात र सुलिले ढाकेको भानुलाई
हेर्न सम्म पनि फुर्सद नहुने हामी,
आज,
खुब भानु गाथा गाउँछौ,
रामायणको श्लोकहरु रटटा मारी
भोलिको पत्रिकामा आफ्नो नाम र तस्विर खोज्छौ,
भोली,
भानु चिनाउने मोतीरामलाई
भानु भन्नु बेर नलागने,
आदिकवि को हो कुनी
भानु पछि पाला थप्ने,,,,,,
भोली,



source:
  • भानुभक्त आचार्य

    भानुभक्त आचार्य (जन्म वि सं १८७१ असार २९, मृत्यु वि सँ १९२५ असौज ६)[१] नेपाली भाषाका कवि हुन जसलाई नेपाली भाषाका आदिकवि भनेर चिनिन्छ[२] । उनले प्रश्नोत्तर (वि.सं १९१० ), भक्तमाला (वि.सं १९१०), वधूशिक्षा(वि सं १९१९) [१] लगायतका कृतिहरू लेखेका छन। उनले बाल्मीकीय रामायणलाई नेपाली भाषामा अनुवाद गरेका छन। उनका पाण्डुलिपीलाई संग्रह गरेर मोतिराम भट्ट ले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी साहित्यमा चिनिएका हुन।

    जीवनी
    भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो [३]। बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।
    १९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे। हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधि ग्रन्थ रामायणको नेपालीमा पुनर्जन्म गराउन सफल भए भानुभक्त।
    नेपाली जगत्मा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन्। भानुभक्तका बारेमा अरू कुरा भन्न र उनलाई चिनाउन बाँकी पो के छ र ? मोतीरामका कलमबाट समाजमा मुखरित भानुभक्त प्रत्येक लेखकका कलमको टुप्पामा अडिएका छन् जसले जता घुमाए पनि हुने । जेजस्तो उपाधि दिए पनि हुने ।
    नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन् । नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले लोहोटा, कचौरा, गिलास पञ्चपात्रो, आचमनी जेले जति पाइयो उघाउने काम भएको छ । यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धी/उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ । शीर्षक र लेखकका बीचमा केही शब्दहरू राखिएका छन् त्यो केवल पूर्वापर सम्बन्ध जोड्ने र भाषिक मिठासका निम्ति भएको हो । भानुसम्बन्धी रचनाका यहा प्रस्तुत गरिएका शीर्षकहरू मेरो आफ्नो अध्ययनले भ्याएसम्म र प्राप्त भएसम्मका पत्रपत्रिकाहरूबाट उद्धृत गरिएको छ । शीर्षक प्राप्त भएका पत्रपत्रिका र अन्य स्रोतहरूको सम्पूर्ण विवरण यो सानो टिपोटमा दिन सम्भव देखिएन । यो एउटा सङ्केत मात्र हो । उदाहरणस्वरूप केही शीर्षकहरू-
    कवि भानुभक्तको जीवन चरित्र वि.सं. १९४८ मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई तनहुँ चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे मोतीराम भट्टले । अनि मात्र त्यस बेलाको नेपाल (काठमाण्डौं उपत्यका) र वरपर रामायणका श्लोकसाग भानुभक्त गाइन थाले । सुब्बा होमनाथ, केदारनाथ, सर्वहितैषी कम्पनी, बाबू माधवप्रसाददेखि बम्बै पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सातकाण्ड त आठकाण्डका रूपमा अनि कतै भानुभक्तको रामायण, भक्तमालाबधूशिक्षा आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ धेरै व्यापक बनाए । वि.सं. १९८६ तिरबाट सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधानजस्ता व्यक्तिहरूले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्टिय -नेपालीभाषी सबै क्षेत्रमा) मान्यता पाए । भक्त भानुभक्तका रूपमा बालकृष्ण समले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२ भाद्र २२ को गोरखापत्रले पनि यसरी लेखेको छः 'गौरी शङ्कर नाट्यसमुदायले भक्त भानुभक्त नाटक देखायो । भानुभक्तको यौटा श्राद्ध मोतीराम भट्टले गरेथे । अर्को गौरी शङ्कर नाट्यसमुदायबाट भयो ।'
    अनि त्यही दिनको गोरखापत्रले टिप्पणी पनि गर्योथ 'अहिलेसम्म भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व. कवि भानुभक्तको चित्र लेख्न कनि ट ।' तर त्यसैबेला दार्जिलिङको चौरस्तामा भानुभक्तको मूर्ति सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै छोडियो । ब्रहृम समसेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका थिए । त्यसैबेला भानुभक्तको महत्त्वका रूपमा सूर्यविक्रम ज्ञवालीले देखे । नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाका कलममा घोटिएर घासीसम्म बन्नपुगे । आदिकवि भानुभक्त आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै बेला भानुभक्तको सच्चा जीवन चरित्र नरनाथ आचार्यका कलममा अझ तिखारियो । 'भानुभक्ताचार्यको जन्म जयन्ती यही आषाढ २९ गते मनाउनुहोस्' भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको भानुजयन्ती भव्यतासाथ सम्पन्न भयो । 'भानुले रामायण सिर्जना गरी नेपालीमा एकता ल्याउनुभयो ।' भनी सोही दिन कवि शिरोमणि लेखनाथ सभापतिको आसनबाट गुन्जिए । उक्त दिन सरस्वती सदनमा आयोजित भानुजयन्ती समारोहमा श्री जगदम्बा कुमारीद्वारा भानुभक्तको प्रतिमा बनाइदिने वचन दिइएपछि भानुभक्त सचेत सहृदयीहरूमा व्यापक बन्दैगए ।
    'नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्' लेखनाथ पौडेलको त्यस बेलाको घोषणा आजसम्म सार्थक छ । नेपाली समाजप्रति आदिकवि भानुभक्तको देन सम्झिने गोपाल पाँडे, नेपाली साहित्यमा भानुभक्तको स्थान खोज्ने कृष्णप्रसाद ज्ञवाली, भानुभक्तको काव्य साधनामा अलमलिने गणेश भण्डारी, भानुभक्तको परिचय दिने ज्योति उपाध्याय, आदिकवि भानुभक्त र उनको साहित्यिक साधनको पृष्ठभूमि पहिल्याउने प्रो.ढुण्डीराज भण्डारी, भानुभक्तलाई नेपालीहरूमा भाषात्मक एकता स्थापित गर्ने श्रेय दिने राजेश्वर देवकोटा, भानुभक्तको गाउः अतीतको सम्झनाभित्र राख्ने रामचन्द्र न्यौपाने, दुई जोईको पोइः भानुभक्त निक्र्योल गर्ने काशीनाथ तमोट, कवि भानुभक्त र उनका दृष्टिमा नारी उभ्याइदिने राजेन्द्र सुवेदी, भानुभक्तको कान्तिपुर र आजको काठमाडौको तुलना गर्ने केशवराज पिँडाली, भानुको भावना बुझ्ने मुक्तिप्रसाद आचार्य, भानुभक्त विद्रोही र रुढिवादी भावनाको समन्वय गराउने देवेन्द्रराज उपाध्याय, भानुभक्त रामायणबारे लेखिएका केही कुरा खोतल्ने रामदेव ठाकुर र नेपाली साहित्यका प्रज्वलित ज्योति आदिकवि भानुभक्त भन्दै मदन थापाहरू आएका छन् । एउटा खुलापत्र भानुभक्तलाई लेख्न पनि हिचकिचाउदैनन् । राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउन आदिकवि भानुभक्तको उल्लेखनीय योगदानको महत्त्व दिनेहरू पनि छन् । इन्द्ररत्न बज्राचार्यले पनि आदिकवि भानुभक्त चिनेका थिए । भानुभक्त रामायणको महात्म्य भागलाई संस्कृत मूलसित दाजेर हेर्दा भनेर डा. डिल्लीराम तिमसिनाको कलम तिखारियो । केशवप्रसाद उपाध्याय भानुभक्त र उनको रामायणको मूल्याङ्कन गर्छन् । भानुभक्तको देन पाएर नेपाली साहित्य समृद्धिशाली भन्नेहरू राष्ट्रभाषा भानुभक्तको देन ठानेर त्यसैमा रमेका पनि भेटिएका छन् ।
    आदिकवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसङ्ग निकाल्ने डा. सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार, भानुभक्त विषयक मतभेद बटुल्ने मोतीवीर राई, भानुभक्तले कलम किन चलाए ? भन्दै सोधीखोजी गर्ने श्रीभद्र शर्मा, भानुभक्तको युगबोध र नैसर्गिक कवित्व शक्तिसाग जोरी खोज्ने जगन्नाथ त्रिपाठी, भानुको साहित्यिक योगदानबारे प्रकाश पार्ने प्रो. यदुनाथ । भानुभक्तको स्मृतिमा विरह पोख्ने धर्मराज थापा, व्यंग्यात्मक कवि भानुभक्त भनेर व्यंग्य गर्ने श्रीप्रसाद पण्डित, आदिकवि भानुभक्तः केही बुादाहरूमा टिपोट गर्ने अमरकुमार प्रधान, भानुभक्तीय नेपाल भाषाः एक विवेचनामा टुंग्याउने विजय चालिसे, रसभावपूर्ण भानुभक्तभित्र पस्ने नरनाथ शर्मा, भानुभक्त र उनको दिग्दारीमा चिन्तित हुने प्रताप कालिकोटे, भानुभक्तले के गरे त भनेर निहु झिक्ने इन्द्रदेव सिंह, भानुभक्तका राममा रमाउने कमला साङ्कृत्यायन र यस्तैयस्तै धेरै कुराहरू धेरै जनाले देखेका छन् भानुभक्तका कृतित्व र व्यक्तित्वभित्र । सानुभाइ शर्माले भानुलाई मान्छेको रूपमा हेर्दा पनि कसैले अनौठो मानेन । सावित्री सुन्दास भानुभक्तको जीवनदर्शन पाएर खुसी भइन् । कोही चाहि भानुभक्तबाट नेपाली भाषाको उत्थानमा भएको योगदानको कुरा उठाउाछन् । भानु बा नजाती नमान्नु होला भनेर बेस्सरी गाली गर्नेहरू पनि छन् । भानुभक्तलाई कतिले राष्ट्रिय कविको संज्ञा दिएका छन् त कति चाहि जातीय कवि भन्न मन पराउछन् । भाषिक कविको उपाधि दिनेहरू पनि छन् । ... उनका कृतिलाई नेपालीमा लेखेको दर्शनशास्त्र । गीता/नेपाली काव्यक्षेत्रको गुरुग्रन्थ जस्ता पदवी प्रदान गर्नेहरू पनि छन् । नेपाली तब जगाउने, जातीय भेदभाव मेटाउने, भाषिक सङ्कीर्णता हटाएर नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा दरो पार्ने काम भानुभक्तले गरे ।' 'नेपाली भाषालाई निक्खार र भावमय रूप दिने यिनै पहिला कवि हुन् ।' 'आधुनिक भाषा तथा साहित्यका एउटा महान् जातीय कवि भानुभक्त हुन् । ... विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे ।' 'पण्डितहरूका विरोधमा जनपक्ष लिने भानुभक्त युगअनुसारका प्रगतिशील थिए ।' यस्तै यस्ता असङ्ख्य उद्गारहरू, अभिव्यक्तिहरू, श्रद्धाञ्जलि र सद्भावनाहरू व्यक्त भएका छन् भानुभक्तप्रति ।
    पहिलोपटक मोतिराम भट्टले भानुभक्तलाई चिनाइदिएपछि यता आजसम्म जसले जति लेखे पनि उनै कुरा हुन् । घुमाइफिराई पुरानै कुरालाई नया रूप दिने काम भएको हो । आफ्ना पुर्खालाई डोर्यारएर आउने क्रममा क्रमशः नया पुस्ताका हातमा पुर्याकइदिनैपर्छ । यतिबेलाको लोकतान्त्रिक गणतन्त्र नेपालमा 'आधुनिक नेपालका दुई महापुरुष राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह, भाषा निर्माता आदिकवि भानुभक्त आचार्य ।' जस्ता भनाइ दोहोर्या उनु अर्घेलो हुनसक्छ तर योभन्दा राम्रो र धेरै काम नभएसम्म जनताले त्यति सजिलै बिर्सने पनि छैनन् र बिर्सनु पनि हुदैन । जसले जे भने पनि भानुभक्त नेपाली वाङ्मयकै विराट् पुरुष हुन् । विराट्को व्यक्तित्व र कृतित्व प्रकाश पार्न अझै विराट कामहरू हुनै छन् । नयानया ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहनुपर्नेछ । पछिल्लो जनआन्दोलनका क्रममा धेरै ठाउमा भानुभक्तका मूर्तिहरू पनि तोडिएका छन् । भानुभक्तले गर्दा हाम्रा भाषाहरूको विकास हुन नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन् । त्यसकारण गणतान्त्रिक नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा झन् विचारणीय भएको छ । [४]
    बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ । भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदैजानेछ
    रामायण १.बाल काण्ड
    एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक् को हित् गरौ भनि
    ब्रम्ह्ना ताहि थिया पर्या चरगनमा खुसि गराया पनि
    क्या सोद्च्हौ तिमि सोध् म भन्च्हु म भनि मर्जि भयेथ्यो जसै
    ब्रम्ह्नाको करुना भुजेर रिसिले बिन्ति गर्या यो तसै|
    हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
    बाकि छइन तथा बिसुन्न इछया म यो गर्द्छु
    आउ लाज भयो कलि बखतम प्रानि दुराच्रार भइ
    गर्न्याछन सब पाप् पनि सरलका निस्काम तिमा गइ|
    साच्ह्यो बात गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
    अर्कको धन खान लाइ अभिला गर्नन् तद यो भनि
    कोहि जान् परत्रिमा रतहुनन कोहि त हिम्सा महा
    दिनइ लाइ त अत्मा जानि रहलान् नत्तिक पसु झहि कहा|
     
    Source:http://ne.wikipedia.org/wiki

    Saturday, July 2, 2011

    Extended Characters in Preeti Font (Only Nepali For Nepali Font)


    ¡
    ALT-0161
    Ø
    ALT-0216
    ¢
    ALT-0162
    Ù
    ALT-0217
    £
    ALT-0163
    Ú
    ALT-0218
    ¥
    ALT-0165
    Û
    ALT-0219
    §
    ALT-0167
    Ü
    ALT-0220
    ª
    ALT-0170
    Ý
    ALT-0221
    ±
    ALT-0177
    Þ
    ALT-0222
    ´
    ALT-0180
    ß
    ALT-0223
    ALT-0182
    Å
    ALT-0229
    ¿
    ALT-0191
    æ
    ALT-0230
    Å
    ALT-0197
    ç
    ALT-0231
    Æ
    ALT-0198
    ÷
    ALT-0247
    Ë
    ALT-0203
    ˆ
    ALT-0136
    Ì
    ALT-0204
    ˜
    ALT-0152
    Í
    ALT-0205
    ALT-0150
    Ò
    ALT-0210
    ALT-0151
    Ö
    ALT-0214
    ALT-0145
    ALT-0132
    ALT-0149
    ALT-0133
    ALT-0137
    ALT-0139
    ALT-0155

    Thursday, June 30, 2011

    नेपालीले बनाए देशकै पहिलो सर्च इन्जिन

    स्वदेशी सर्च इन्जिनबाटै अब इन्टरनेटमा रहेका जानकारी र तस्बिर खोज्न सकिने भएको छ । ईबजएसिया प्रालिले अंग्रेजी भाषाको नेपालको पहिलो ईबजएसिया डटकम नामक सर्च इन्जिन सञ्चालनमा ल्याएपछि त्यस्तो सुविधा प्राप्त भएको हो।

    सन् २००६ देखि अनुसन्धान तथा विकास सुरु भएको यो सर्च इन्जिन २०११ मा बजारमा आएको हो। अनडिजिटलाइज डाटालाई डिजिटलाइज गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै कम्पनीका अध्यक्ष ईश्वरचन्द्र प्रधान भन्छन्, "नेपालको सम्पूर्ण डाटा राख्न अझै ५० वर्ष लाग्नेछ।" प्रत्येक दिन करबि ३० हजार सामग्री राखिरहेको इबजएसियाले निकट भविष्यमै सोसियल नेटवर्क स्थापना गरी फ्रि इमेल सेवा सुरु गर्ने भएको छ।

    नेपालका लागि सबैभन्दा बढी वेबसाइट, तस्िबर, सूचना सर्च गर्नका लागि ईबजएसिया नै निकट भविष्यमा भरपर्दो माध्यम बन्ने कम्पनीको दाबी छ। अन्य सर्च इन्जिनहरूले नेपाललाई त्यति प्राथमिकतामा नराखेको अवस्थामा यो सर्च इन्जिन महत्त्वपूर्ण हुने पनि कम्पनीको विश्व्ाास छ।

    Source:http://www.ekantipur.com/nepal/article

    Wednesday, June 22, 2011

    आकृतिलाई तान्न झुम्मिए कलेजहरू

    भक्तपुर,क्तपुर, अषाढ ८ - एसएलसीमा ९४.२५ प्रतिशत ल्याएकी कटुन्जेकी आकृति पाण्डेलाई भेट्न मंगलबार दिनभर राजधानीका नाम चलेका कलेजहरूको घुइँचो लाग्यो । पेन्टागन, नासा, पिरामिड, सीसीआरसी, युनिभर्सल, लिभरपुल, ह्वाइट गोल्डलगायत कलेजका प्रतिनिधिले उनी पढेको ओम सेकेन्डरी स्कुल कटुन्जे पुगेर आकृतिलाई आफ्नो कलेज भ्रमणको निम्तो दिएका थिए ।
    'एक चोटि आएर हाम्रो कलेज हेरिदिनु भनेर कलेजका प्रतिनिधिहरूले निम्तो दिनुभएको छ, पढ्नै पर्छ भनेर दबाब दिएका छैनन्,' उनले भनिन्, 'कुन कलेज पढ्ने भन्ने निधो मैले गरेकी छैन ।'
    उनले ८ सय पूर्णाङ्कमा ७ सय ५४ अंक ल्याएकी छन् । उनको जति अरू कसैले अंक ल्याएको हालसम्म नपाइएपछि उनलाई फोनमा र भेटेर बधाई दिनेको ओइरो लागेको छ ।
    'फोन उठाएर साध्य छैन, कहिले मामुको मोबाइलमा कहिले दाइको मोबाइलमा फोन आउँछ,' उनले भनिन्, 'भेट्न आउने आफन्त र शुभचिन्तक पनि उत्तिकै छन् ।' छोरीले धेरै नम्बर ल्याएपछि आकृतिका आमा मुना र बुबा सानुभाइमा हर्षको सीमा छैन । पत्रकार र कलेजका प्रतिनिधिले बारम्बार भेट्न आए पनि आमा-छोरी दिनभर विद्यालयमा थिए । 'छिन-छिनमै छोरीलाई खोज्दै आउँछन्, त्यही भएर पायक पार्न विद्यालयमा बसेका हौं,' मुनाले भनिन् । समयतालिका मिलाएर पढेकै कारण राम्रो अंक ल्याउन सफल भएको आकृतिले बताइन् ।
    'घोकेर राम्रो नम्बर आउँछ भन्ने होइन, समयतालिका मिलाएर पढ्नुपर्छ, कोर्सको विषयसँगै बाहिरी ज्ञान पनि हुनु जरुरी छ,' उनले भनिन्, 'सर्वोत्कृष्ट हुन्छु भन्ने त सोचेको थिइनँ, ९० प्रतिशत कट्नेमा ढुक्क थिएँ ।'
    आठ कक्षाको जिल्लास्तरीय परीक्षामा पनि उनी जिल्ला प्रथम भएकी थिइन् । सेन्डअप परीक्षामा जिल्ला चौथो भएकी थिइन् । डाक्टर बन्ने लक्ष्य लिएकी उनी साइन्स पढ्न बि्रजकोर्स गरिरहेकी छन् ।
    उनको सफलताले आकृतिको परिवार मात्रै नभई विद्यालय र सिंगो भक्तपुरवासीमा खुसियाली छाएको छ । खुसियालीमा विद्यालयमा मंगलबार दिनभर नाचगान भएको थियो । विद्यालय वरिपरिका बासिन्दा पनि नाचगान हेर्न झुम्मिएका थिए । 'आकृति सर्वोत्कृष्ट हुनु भनेको सिंगो भक्तपुरले शिक्षा क्षेत्रमा फड्को मारेको हामीले लिएका छौं,' प्याब्सन भक्तपुरका उपाध्यक्ष राजकुमार महर्जनले भने, 'भक्तपुरमा स्तरीय विद्यालय छैन भन्नेलाई यो नतिजाले चुनौती दिएको छ ।' आकृतिबारे समाचार आएपछि विद्यालयकी पि्रन्सिपल सानु घिमिरेलाई पनि बिहानैदेखि बधाई लिन भ्याईनभ्याई थियो । उनले भनिन्, 'आकृतिले मेरो र स्कुलको सपना पूरा गरिदिइन् ।' ३५ विद्यार्थीले परीक्षा दिएकामा यो विद्यालयबाट १२ विशिष्ट र २३ जना प्रथम श्रेणीमा उत्तीर्ण भए । उनी खेलकुदमा पनि रुचि राख्छिन् । गत वर्षको राष्ट्रपति कप भलिबलमा उनको टिम प्रथम भएको थियो । उनका पिता कृष िविकास बैंकमा कार्यरत छन् भने आमा गुन्डुको ज्योति निमाविकी शिक्षकिा हुन् । दाइ पुल्चोकमा इन्जिनियरिङ विषय पढ्दै छन् ।
    आकृतिको एक दिन
    बिहान सबेरै उठें । उत्कृष्ट नम्बर आएको हो कि होइन भन्ने कौतूहल रातभरि भयो । निद्रा लागेन । बिहानै आत्मा अधिकारी भन्ने साथीले फोन गरेर तिमी त नेपाल टप भएछौ पत्रिकामा छापिएको छ भनिन् । त्यसपछि खुसीको सीमा रहेन । केही खान मन लागेन । स्कुल गएर कहिले म्याडमलाई भेटांै जस्तो लाग्यो । घरको फोन र मोबाइलमा बधाई आउन थाल्यो । चिया मात्रै खाएर साढे सात बजे नै ममी र म स्कुलमा गयौं । घरबाट स्कुल पुग्न २० मिनेट लाग्छ । पुग्नासाथ म्याडमले अँगालोमा बाँध्नु भयो ।
    बधाई दिन स्कुलका भाइबहिनी पनि आए । दिनभर स्कुलमा बित्यो । अन्तर्वार्ता लिन सञ्चारमाध्यमहरू पनि आए । खाना खान घर जानसमेत फुर्सद मिलेन । राजधानीका नाम चलेका कलेजका प्रतिनिधिहरू पनि आएका थिए । उहाँहरूले जहाँ पढे पनि आफ्नो कलेजको एकपल्ट अवलोकन गरिदिन आग्रह गर्नुभएको छ । बल्ल साँझमा विद्यालयबाट घर फर्किन पाएँ ।
     
    प्रकाशित मिति: २०६८ अषाढ ८ ०८:३०
    Source:http://www.ekantipur.com/np

    पन्ध्र दिनभित्र मार्कसिट र प्रोभिजनल सर्टिफिकेटसँगै दिइने

    भक्तपुर,असार ७/परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षदेखि विद्यार्थीको 'मार्कसिट'सँगै 'प्रोभिजनल सर्टिफिकेट' पनि वितरण गर्ने भएको छ । विगतका वर्षहरुमा परीक्षाफल प्रकाशित भएको दुईसातामा 'मार्कसिट' र छ महिनापछि 'प्रोभिजनल सर्टिफिकेट' पठाइने गरेकामा यसवर्षदेखि विद्यार्थीलाई सहज बनाउन कार्यालयले सँगसँगै 'मार्कसिट' र 'प्रोभिजनल  सर्टिफिकेट' पठाउन लागेको हो ।

    सवर्ष १५ दिनभित्र 'मार्कसिट' र 'प्रोभिजनल सर्टिफिकेट'सँगै जिल्ला-जिल्ला पठाउन सुरु गरिने कार्यालयका उपनियन्त्रक डिल्लीराम लुइँटेलले बताए । 

    'मार्कसिट' र 'प्रोभिजनल सर्टिफिकेट' फरक-फरक समयमा पठाउँदा विद्यार्थीले 'मार्कसिट' लैजाने तर 'प्रोभिजनल सर्टिफिकेट' लिन नआउने गरेकाले 'प्रोभिजनल सर्टिफिकेट' जिल्लामै थन्किएर बसेको हुँदा यसवर्षदेखि सँगै पठाउन सुरु गर्न लागेको बताए ।

    'प्रोभिजनल सर्टिफिकेट' अहिले हरेक क्षेत्रमा अनिवार्य भए पनि विद्यार्थीले लैजान वास्ता नगर्ने गरेकाले जिल्ला-जिल्लामा थन्किएर रहेको छ । 
    विद्यार्थीले आवश्यक पर्दामात्र यो 'सर्टिफिकेट' लिन आउने भएकाले विद्यार्थीलाई पनि झन्झट हुने र कार्यालयले पनि तयार पारेको 'प्रोभिजनल सर्टिफिकेट' जिल्लामै थन्किएर बस्ने गरेकाले यस्तो नहोस् भनेर यसवर्षदेखि 'प्रोभिजनल सर्टिफिकेट' पठाउन लागेको हो ।

    त्यसैगरी कार्यालयले यसवर्षको परीक्षामा दुई विषयमा अनत्तीर्ण भएकालाई मौका परीक्षाका लागि साउन १८ गतेसम्म परीक्षाको फाराम भर्ने समय तोकेको छ ।
    त्यसका लागि कार्यालयले 'मार्कसिट' र 'प्रोभिजनल सर्टिफिकेट' जिल्ला पठाउँदा मौका परीक्षाको फाराम पनि सँगै पठाउने भएको छ ।

    उपनियन्त्रक लुइँटेलले फाराम बुझाउन ढिला भए पनि परीक्षाको राजस्व भने विद्यार्थीले साउन १८ गतेभित्र बुझाइसक्नुपर्ने बताए । 

    यसवर्षको मौका परीक्षा साउन २३ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ । - रासस

    Tuesday, June 21, 2011

    Notice from the Ministry of Home Affairs

    बिज्ञप्ति २०६८।३।७ –२०६८ साल असार ८ गतेका दिनलाइ राष्ट्रिय जनगणना दिवसका रूपमा मनाउन मुलुकभर सार्वजिनक विदा दिने नेपाल सरकारबाट निर्णय भएकोले सर्वसाधारण सबैलाइ जानकारीका लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ।

    Source:
    Government of Nepal
    Ministry of Home Affairs
    Singha Durbar,Kathmandu,Nepal
    web:http://www.moha.gov.np/

    Monday, June 20, 2011

    Congratulation!!! Congratulation!!! Congratulation!!!

    Congratulation!!! Congratulation!!! 

    0300793Y       Distinction Marks.
    0300794Z        Distinction Marks.
    0300795A       Distinction Marks.
    0300798D       FIRST Division.
    0300799E        Distinction Marks.
    0300800F        FIRST Division.
    0300801G       Distinction Marks.
    0300802H       SECOND Division.
    0300803I         FIRST Division.
    0300804J         FIRST Division.      
    0300805K       SECOND Division.
    0300806L        FIRST Division.
    0300807M       FIRST Division.
     0300809O       SECOND Division.
    0300810P        FIRST Division.